Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विहिबार राष्ट्रिय महिला फुटबलको फाइनल खेल, एपिएफ र पुलिस भिड्ने

विहिबार राष्ट्रिय महिला फुटबलको फाइनल खेल, एपिएफ र पुलिस भिड्ने

  • गोपाल जिटी
  • बुधवार, कार्तिक २ २०७९


  • विहिबार राष्ट्रिय महिला फुटबलको फाइनल खेल, एपिएफ र पुलिस भिड्ने

    कार्तिक २,वालिङ ।गण्डकी प्रदेशको पोखरामा ४० वर्षपछि भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको विहिबार समापन हुदैछ ।
    यस अघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालञ्जमा भएको थियो । कोभिड १९ बाट प्रभावित हुन पुगेको प्रतियोेगिताको नवौं संस्करण गण्डकी प्रदेशले सञ्चालन गर्ने अवसर पाएको हो । यस अन्तर्गत गण्डकी प्रदेशको स्याङ्जाले राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।
    स्याङ्जाको वालिङमा राष्ट्रिय महिला फुटवलको विहिबार फाइनल खेल हुँदैछ । गत आश्विन २७ गतेदिखि वालिङ खेलमैदानमा सञ्चालित राष्ट्रिय महिला फुटवल प्रतियोगिताको फाइनल खेलसहित विहिबार समापन हुने भएको हो ।फाइनल खेलमा खेलमा नेपाल पुलिस क्लव र एपिएफ क्लवका बीच प्रतिस्पर्धा हुने छ ।मङ्गलबार भएको सेमिफाइनलमा पुलिसले प्रदेश १ र एपिएफले आर्मीलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेका हुन् ।
    मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई शुन्यका विरुद्ध तीन गोलको जीतसहित फाइनलमा प्रवेश गरेको हो । यस्तै एपिएफले आर्मीलाई शुन्यका विरुद्ध एक गोलको जीतसहित फाइनलमा प्रवेश गरेको हो ।
    तृतीय स्थानका लागि नेपाल आर्मी र प्रदेश १ का बीच विहान ९ बजे खेल सञ्चालन हुने छ भने समापनको औपचारिक कार्यक्रम ११ बजे हुने आयोजकले जनाएको छ ।फाइनल खेल दिउसो २ बजे हुने छ । आठौं संस्करणको साविक विजेता आर्मीले भने नवौ संस्करणमा तृतीय स्थानका लागि प्रतिस्पर्धा गरेर चित्त बुझाउनु परेको छ । साविक विजेता आर्मी र एपिएफ बीच मगलबारको सेमिफाइनलमा भएको कडा प्रतिस्पर्धाले दर्शकहरुलाई निकै उत्साही र रोमान्चक बनाएको थियो । यस्तै नेपाल पुलिस र एपिएफ क्लवकाका बीच हुने फाइनल खेल उपाधीका लागि कडा टक्करका साथ हुने आयोजकले जनाएको छ ।नवौं संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगितालाई वालिङका साथै समग्र जिल्लावासीले अवसरकारुपमा लिएका छन् । यसका साथैे फुटबल खेलले भरपुर मनोरञ्जन प्रदान गरेको दर्शकहरुको दैनिक उपस्थितिले जनाएको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरबहादुर गुरुङ ( मोहन ) ले बताउनुभयो  ।

    बुधवार, कार्तिक २ २०७९०६:३८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend