Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता हुने

वालिङमा पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता हुने

  • गोपाल जिटी
  • बुधवार, पौष २७ २०७९


  • वालिङमा पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता हुने

    पौष २७,वालिङ ।स्याङ्जाको वालिङमा पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता हुने भएको छ । पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता हुने आयोजक वालिङ युनाइटेड क्लवका अध्यक्ष लालबहादुर ज्वारचनले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको हो ।पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीकाबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा नेपालका प्रतिष्ठित ए डिभिजन क्लव र विदेशी क्लवसहित ८ समूहको सहभागिता रहने अध्यक्ष ज्वारचनले बताउनुभयो । अध्यक्ष ज्वारचनका अनुसार त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बल (एपिएफ), साहरा फुटवल क्लव पोखरा, केबिए बीएफएस चितवन, लिस्नु क्लव कोटिहवा रुपन्देही, एभिनेयर फुटवल क्लव अफ्रिका र स्थानीय दुई टीमसहित ८ समूहकाबीच प्रतियोगिता हुने छ । 
    प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ठूलो धनराशीको पुरस्कारसहित  राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीकाबीच जिल्लामै पहिलो फुटवल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष ज्वारचनले बताउनुभयो । योसँगै आगामी दिनमा वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगितालाई निरन्तरता दिने उहाँले उल्लेख गर्नुभयो । पहिलो राउण्डका ४ खेल हेर्नेहरुका लागि प्रति टिकट रु १ सय लाग्ने छ भने दर्शकहरुका लागि प्यारापिटको व्यवस्था गरिएको छ ।पहिलो वालिङ गोल्डकपमा २० देखि २५ लाखसम्म खर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष ज्वार्चनले बताउनुभयो । पौष ३० गतेदेखि सुरुहुने पहिलो वालिङ गोल्डकप माघ ७ गतेसम्म सञ्चालन हुने छ ।गत आश्विन २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला फुटबलको खेल पनि वालिङमा भएको थियो । वालिङ नगरपालिकाले खेलमैदानमा दुवो विछ्उनुका साथै थप व्यवस्थापन गरेसँगै राष्ट्रिय महिला फुटबलको खेल सञ्चालन भएको हो ।पहिलो वालिङ गोल्डकप फुटवल राष्ट्रियस्तरको दोस्रो ठूला प्रतियोगिता हो । योेसँगै राष्ट्रियस्तरका प्रतियोगिताले वालिङमा निरन्तरता पाउने खेलाडी तथा खेलप्रेमीहरुको विश्वास छ ।

    बुधवार, पौष २७ २०७९०८:३५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend