Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ गोल्डकप :एपीएफको विजयी सुरुवात

वालिङ गोल्डकप :एपीएफको विजयी सुरुवात

  • गोपाल जिटी
  • आइतवार, माघ १ २०७९


  • वालिङ गोल्डकप :एपीएफको विजयी सुरुवात

    माघ १,वालिङ । स्याङ्जाको वालिङमा जारी पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगितामा विभागीय टीम शसस्त्र प्रहरी (एपिएफ) क्लव विजयी भएको छ । वालिङ युनाइटेड क्लवद्वारा आयाजित पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगितामा विभागीय टीम एपिएफले केबिए बीएफएस चितवनलाई एक का विरुद्ध दुई गोल गर्दै विजयी भएको हो । खेल सुरु भएको ११ औं मिनेटमा वि एफ एस चितवनका विदेशी खेलाडी सहिद अनिसागको हेडिङ मार्फत गरिएको पहिलो प्रयास नै सफल हुन सकेन ।  
    यसपछि खेललाई शसक्त पार्दै १३ औं मिनेटमा  एपिएफका लागि मनिस खड्काले सुरुवाती गोल गरे ।
    तत्काल वि एफ एस चितवनका यदु सिलवालको जवाफी गोल गर्ने प्रयास पनि एपिएफका गोल किपर रविचन्द्र थापाले सफल हुन दिएनन् । यसैगरी १९ औं मिनेटमा वि एफ एसका मनोज गुरुङको प्रहारले जाली चुम्नबाट बन्चित रह्यो भने रोशन क्षेत्रीको प्रयास पनि सफल हुन सकेन । यसरी वि एफ एस चितवनले पटक पटक गोल गर्ने प्रयास गरेपनि असफल रह्यो ।यसपछि खेलको २० औं मिनेटमा एपिएफका सविन गुरुङले गोललाई दोव्वर पारे । खेल अवधि भर दुवै टीम प्रतिस्पर्धात्मकरुपमा देखिए पनि चितवनको टीमले जीत निकाल्न सकेन । खेलको अतिरिक्त समयको पनि अन्तिममा ३० सेकेण्ड बाँकी हुँदा चितवनका रोशन क्षत्रीले सान्त्वना गोल गरे । यसरी एकका विरुद्ध दुई गोल गर्दै एपिएफले जीत निकाल्न सफल भयो ।यसैगरी पहिलो वालिङ गोल्डकपको तेस्रो दिन सोमबार आयोजक निलो र साहरा क्लव पोखरा बीचको खेल हुने आयोजकले जनाएको छ । खेल दिउसो साढे एक बजे हुने छ । प्यारापिटको व्यवस्था गरिएको हुँदा र राष्ट्रियस्तरको फुटवल प्रतियोगिता आफ्नै खेलमैदानमा हेर्न पाइने भएपछि वालिङ आसपासका दर्शहरुको उत्साहजनक उपस्थिति रहेको छ ।

    आइतवार, माघ १ २०७९०८:०५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend