Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

  • PNN Times
  • सोमवार, फाल्गुण २२ २०७९


  • नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

    फागुन २२, काठमाडौं । भीम सार्कीले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतकसहित सर्बाधिक ७० रन बनाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको अन्तिम खेलमा नेपालले यूएईसामू २३० रनको लक्ष्य पेश गरेको छ ।

    दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालको मध्यक्रमले संहालिएर खेल्दा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल खडा गरेको हो ।

    images

    कुशल भुर्तेल ग्रोइन इन्जूरीका कारण खेल्न नसक्ने भएपछि नेपालले ओपनिङ जोडी परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र आसिफ शेखको ओपनिङ जोडी प्रभावकारी देखिएन । पावरप्ले (१० ओभर) भित्रै नेपालले दुवै ओपनरलाई गुमाइसकेको थियो । ज्ञानेन्द्रले ११ रन बनाउँदा पपुवा न्युगिनीसँगको खेलमा ८६ रनको पारी खेल्दै टिमलाई जिताएका आशिफ ६ रनमै आउट भए ।

    तेस्रो नम्बरमा आएका कुशल मल्लले एउटा छेउबाट विकेट बचाए पनि अर्को छेउबाट कप्तान रोहितकुमार पौडेल १ रन र लिग टूमा अहिलेसम्म ब्याटिङबाट राम्रो प्रदर्शन गर्न नसकिरहेका दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए । 

    सोमवार, फाल्गुण २२ २०७९०६:०८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend