Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

वालिङमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

  • गोपाल जिटी
  • शनिवार, भाद्र ३० २०८०


  • वालिङमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

    स्याङ्जाको वालिङमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ वालिङ ९ भुम्रेस्थित सामुदायिक भवनमा अन्तरिविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न गरिएको हो । वालिङ नगर बुद्धिचाल संघको आयोजनामा वालिङ नगर अन्तर विद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा पिसजोन ईन्टीग्रेटेड एकेडेमी ए समुह प्रथम, भुपूसैनिक मावि द्वितीय, पिसजोन इन्टीग्रेटेड एकेडेमीकै बि समूह तृतीय, पुर्णामृत भवानी मावि सान्त्वना र अर्मादी आवसीय मावि पाँचौ भएका छन् ।
    प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै वडा नंं ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठले बुद्धिचाल खेललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । मतिष्कको विकास गर्ने यस्ता प्रकारका खेलहरुलाई स्थानीय तहबाट समेत प्राथमिकतामा राखेर समय समयमा यस्ता प्रतियोगिताको आयोजना गर्दा खेलाडीलाई थप प्रोत्साहन गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
    समापन कार्यक्रममा गण्डकी प्रदेश बुद्धिचाल संघका कोषाध्यक्ष केपि खनालले सधैं उपेक्षा गरिएको बुद्धिचाल खेललाई अगाडि ल्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । यस्ता प्रतियोगिताहरु मार्फत बौद्धिक बिकासमा सहयोग पु¥याउने बुद्धिचाल खेललाई अगाडि ल्याउन आवश्यक रहेको उहाँको भनाई छ । योसँगै गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेकोसमेत उहाँले जानकारी गराउनुभयो ।  
    मानसिक चिन्ता र गणना शक्ति बढाउने अनुसन्धानले देखाएको र मश्तिष्कलाई पनि सक्रीय राख्न बुद्धिचाल खेलले मदत गर्ने भएकाले पनि यो खेल खेलाउन आवश्यक रहेको आयोजक वालिङ नगर बुद्धिचाल संघका अध्यक्ष गणेश तिवारीले बताउनुभयो ।
    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र पाँचौ हुँनेले क्रमश ७ हजार, ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित मेडल र प्रमाणत्रप प्राप्त गरेका छन् ।
    कार्यक्रममा १२ वटा विद्यालयका १७ टीमले सहभागिता जनाउका थिए । प्रत्येक टीममा ३ जना रहेका थिए भने लिग सिस्टममा खेलाईएको थियो । अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता वालिङ नगरपालिकाले प्रायोजनमा सञ्चालन भएको हो ।

    शनिवार, भाद्र ३० २०८००७:३३:०२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend