Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

  • PNN Times
  • बिहिवार, कार्तिक २ २०८०


  • हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

    नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा हङकङले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ।

    बिहीबार मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो।

    images

    हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए। जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खान बोल्ड भएका थिए।  करणले हङकङका सुरूवाती तीन ब्याट्सम्यानलाई आउट गरेका थिए। हङकङले  पावरप्लेमा २० रन जोड्दा ४ विकेट गुमाएको थियो।

    बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिए।

    यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङ र  सोमबार युएईसँग खेल्नेछ। त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल हुनेछ। 

    बिहिवार, कार्तिक २ २०८००१:०८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend