Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतको विहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पर्वतको विहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • मोहन सुनार
  • शुक्रवार, पौष ६ २०८०


  • पर्वतको विहादीमा  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    पर्वतको विहादी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रबार  उद्घाटन भएको हो । समारोहको उद्घाटन गर्दै विहादी  गाउँपालिाकाका उपाध्यक्ष मिना तिवारीले खेलका माध्यमबाट विद्यार्थीहरुमा अनुशासन,भाइचारा र स्वास्थ्यको ज्ञान र सीपको विकास गर्न  सहयोग पुग्ने बताउनु भयो । 

    उहाँले विहादी गाउँपालिकाले विद्यार्थीहरुमा गुणस्तरीय शिक्षासँगै खेलकुदको माध्यमबाट पालिका र समग्र देशकै नाम उच्च राख्न सक्ने प्रतिभा उत्पादन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    images

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६ वटै वडाका वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने प्रतियोगिताको संचालक गाउँपालिकाका शिक्षा अधिकृत दिनेश भुसालले गर्नु भएको थियो ।

    IMG_5107.jpeg

    IMG_5109.jpeg

    IMG_5111.jpeg

    शुक्रवार, पौष ६ २०८००८:१९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend