Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रथम राष्ट्रपति रनिङ शिल्ड पूर्णामृतलाई

प्रथम राष्ट्रपति रनिङ शिल्ड पूर्णामृतलाई

  • सन्देश भण्डारी
  • शनिवार, पौष ७ २०८०


  • प्रथम राष्ट्रपति रनिङ शिल्ड पूर्णामृतलाई

    पौष ७,वालिङ ।
    स्याङ्जाको वालिङ नगरपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पूर्णमृत भवानी मा.वि.ले उपाधि जितेको छ । पौष ४ गतेदेखि वालिङ १० मा रहेको औद्योगिक ग्राममा सञ्चालन भएको प्रतियोगितामा पूर्णामृतले ६ स्वर्ण पदकसहित उपाधि चुमेको हो । 
    पूर्णामृतले ६ स्वर्ण सहित ५ रजत र २ काश्य पदक सहित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधि जितेको हो । प्रतियोगितामा लक्ष्मी मा.वि.ले ६ स्वर्ण ,४ रजत र ३ काश्य पदक सहित द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै बालविद्या आवासीय मा.वि.ले ५ स्वर्ण  ३ रजत र २ काश्य पदक सहित तृतिय स्थान हासिल गरेको छ । महेन्द्र मा.वि.ले  ४ स्वर्ण र १ काश्य पदक सहित सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा माझकोट मा.वि.ले २ स्वर्ण,१ रजत र ३ काश्य पदक प्राप्त गर्दै पाँचौ स्थानमा चित्त बुझाएको छ भने नेपाल आदर्श आवासीय मा.वि.ले १ स्वर्ण,४ रजत र ३ काश्य पदक सहित अन्तिम ६ मा चित्त बुझाएको छ । 

    IMG_8093.JPG
    प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले विद्यार्थीहरुलाई खेलको माध्यमबाट नगर र राष्ट्रको नाम राख्ने गरी खेल्न आग्रह गर्नुभयो । उहाँले खेललाई अधिकारलाई अधिकारको रुपमा स्थापित गर्न नगर सदैव तयार रहेको स्पष्ट पार्दै खेल क्षेत्रलाई माथि उकास्न सम्बन्धित पक्षहरु लगनशीलताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

    images

    IMG_8328.JPG
    नगर प्रमुख खाँणले खेल गतिविधिले आपसी भाइचाराको विकास,शारिरीक तन्दरुस्तीको जानकारी साथै आफूभित्रको क्षमता पहिचान गर्न सकिने बताउनुभयो ।समापन समारोहमा नगर उपप्रमुख कविता तिवारी गैह«ेले खेल गतिविधिलाई प्रतिस्पर्धी रुपमा तयार गर्न नगरले विद्यालय वा क्लवहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने जानकारी दिनुभयो ।

    उहाँले खेलाडीहरुको उत्पादनमा नगरले आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गर्दै आगामी दिनहरुमा नगरले प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्दै खेलाडीहरुलाई अनुभवको विकासमा टेवा पुग्ने खालका कार्यक्रमहरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पौष ४ गतेदेखि सुरु भएको प्रतियोगितामा छात्र र छात्रा फरक फरक गरी एथ्लेटिक्स,कबड्डी,भलिबल, ज्याभलिन थ्रो,शटपुट थ्रो लगायतका खेलहरुमा प्रतिस्पर्धा भएको थियो । 

    शनिवार, पौष ७ २०८००९:४४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend