पर्वत । सर्वसाधारणको स्वास्थ्यमा पहुँच विस्तारका लागि पैयूँ गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ। सामान्यस्वास्थ्य उपचारका लागि हिँडेर हातेमालो चोक स्वास्थ्य चौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर गाउँपालिकाले वडा नम्बर४ को सौरीकोटमा स्वास्थ्य इकाई स्थापना गरेको हो।
स्वास्थ्य चौकी सरहको सेवा सुविधा दिनेगरी गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको गाउँपालिका अध्यक्ष तोरणमल्ल ठकुरीले बताउनु भयो । पैयूँ ४ र ५ का सौरीकोट, बसेलडाडा धरादी लगायतका गाउँका नागरिकलाई स्वास्थ्य सेवा सहजरूपमादिने उदेश्य छ। उहाँले भन्नु भयो, ‘अब स्थानीयले सहजै सेवा पाउनेछन्। सामुदायिक स्वास्थ्य इकाई स्थापनाका कारण सिटामोलकालागि बजार जान पर्ने बाध्यता हटेकोमा स्थानीय उत्साहित छन्।
स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि टाढा नहुन् भन्ने लक्ष्यकासाथ गाउँमा स्वास्थ्य इकाई सुरु गरिएको गाउँपालिका उपाध्यक्ष यामकुमारी रानाले बताउनु भयो रानाले,‘अब यस ठाउँका जनताले एक प्याकेट जीवनजल र सिटामोलको ट्यावलेट लिन घण्टौं उकालो हिँड्नपर्दैन’।
अहिले गाउँमै सिटामल,सामान्य चेकजाँच घर नजिकै गराउन पाउँदा स्थानीय नागरिक धेरै खुसी भएका छन्।
स्थानीय सरकारको महसुस हुन थालेको स्थानीयको भनाई छ।
सामान्य चोटपटक लागे पनि स्वास्थ्य चौकी जानु पर्ने हुन्थ्यो तर अब घर नजिकै सामुदायिक स्वास्थ्य इकाईमा गएर उपचार गर्न पाइने ४नम्बर वडाका वडा अध्यक्ष टुकलाल न्यौपानेले बताउनु भयो ।
स्वास्थ्य इकाईमा अहिले तत्कालै १ जना अहेव रहने प्रबन्ध मिलाइएको न्यौपानेले जानकारी दिनु भयो ।

