Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विकासको काममा बजेट बाधा बन्दैन –मन्त्री गुरुङ 

विकासको काममा बजेट बाधा बन्दैन –मन्त्री गुरुङ 

  • मोहन सुनार
  • शनिवार, फाल्गुण १२ २०८०


  • विकासको काममा बजेट बाधा बन्दैन –मन्त्री गुरुङ 

    फागुन १२,वालिङ ।
    कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विकासको काममा बजेट बाधा नबन्ने बताउनुभएको छ । शनिबार वालिङ–१२ स्याङ्जामा न्यु मिशन थ्री स्टार युवा क्लवले आयोजना गरेको भलिबल खेलको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले विकासको कामको लागि बजेट अभाव नहुने बताउनुभएको हो । उहाँले जनताको काम गर्न समय र जोखाना पर्खिरहन नपर्ने उल्लेख गर्दै विकास निर्माणका कामहरु दीगो रुपमा सम्पन्न हुनेगरी काम गर्नुपर्ने बताउनुभयो ।

    IMG_1114.JPG
    पर्यटकीय क्षेत्रहरुको विकासबाट नै ग्रामिण क्षेत्रमा समृद्धि ल्याउन सकिनेमा जोड दिँदै मन्त्री गुरुङले संभाव्यताहरुको गहन अध्ययन गरी विकासका योजनाहरु तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।उहाँले वालिङ नगरपालिकामा प्रशस्त पर्यटकीय संभावनाहरु रहेको बताउँदै पर्यटन प्रवद्र्धन गरी नगरविकासमा जोड दिन जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।
    ‘वालिङको विकासको लागि बजेट अभाव हुँदैन,यहाँको विकासको लागि स्रोत सुनिश्चत गरेर कामहरु अगाडि बढिसकेका छन् ’मन्त्री गुरुङले भन्नुभयो–‘जनताको कामको लागि कुनै पनि कसरहरुबाँकी रहन हुँदैन ।’ उहाँले ग्रामिण क्षेत्रका खानेपानी,घरबास योजना,पर्यटकीय स्थानहरुको विकास लगायतका काममा केन्द्रबाट बजेटको सुनिश्चितता भैसकेको जानकारी दिनुभयो ।मन्त्री गुरुङले वालिङ १२ मा रहेको पर्यटकीय स्थान चन्द्रकोटको विकासको लागि बजेटसहित गुरुयोजना बनाएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    images

    IMG_1143.JPG
    कार्यक्रममा वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता तिवारी गैह«ेले ग्रामिण क्षेत्रको विकासको लागि नगरपालिकाले ठोस योजना बनाएर काम सुरु गरेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रमा मौरीपालन,ग्रामिण पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमहरु सहित योजना तय भएको उल्लेख गर्नुभयो । ‘अहिले ग्रामिण क्षेत्रमा बसाईसराईँ समस्याको रुपमा देखिएको छ, गाउँका युवाहरुलाई गाउँमै बस्ने बनाउनको लागि ग्रामिण पर्यटनलाई प्रवद्र्धन गर्न हामी कटिवद्ध भएर लागेका छौँ’ उपप्रमुख तिवारीले भन्नुभयो–‘युवा स्वरोजगार कार्यक्रमबाट वैदेशिक पलायन र बसाइसराईको दर कम गर्न सकिन्छ ।’

    IMG_1109.JPG
    उपप्रमुख तिवारीले युवा उद्यमशीलता विकास गर्दै स्वदेशमै स्वरोजगार बन्नको लागि नगरले २ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गर्नुभयो । बिनाधितो युवावर्गमा लगनाी गर्दै स्वरोजगारको दर बढाउँदै उत्पादन वृद्धि गर्ने सोँचले नगरको योजना तय भएको जानकारी दिनुभयो । 
    वालिङ १२ मा रहेको न्यु मिशन थ्री स्टार युवा क्लवको आयोजनामा  फागुन १२ देखि सुरु भएको खेलकुद प्रतियोगिता १९ गतेसम्म चल्ने क्लवले जनाएको छ । 

    IMG_1093.JPG

    शनिवार, फाल्गुण १२ २०८००५:४७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend