Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा जिल्लाव्यापी फुटसल प्रतियोगिता सुरु

वालिङमा जिल्लाव्यापी फुटसल प्रतियोगिता सुरु

  • गोपाल जिटी
  • बुधवार, कार्तिक १४ २०८१


  • वालिङमा जिल्लाव्यापी फुटसल प्रतियोगिता सुरु

    कात्तिक १४, वालिङ ।
    स्याङ्जाको वालिङमा जिल्लाव्यापी फुटसल प्रतियोगिता सञ्चालन गरिएको छ । वालिङ ८ स्थित नव प्रभात युवा क्लवले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा जिल्लाव्यापी व्याडमिन्टन तथा फुटसल प्रतियोगिता सञ्चालन गरेको हो । क्लबले यस अवसरमा कात्तिक ९ र १० गते व्याडमिन्टन प्रतियोगिता सञ्चालन गरेको थियो भने आज बुधबार फुटसल प्रतियोगिताको शुभारम्भ गरेकोे हो । योसँगै क्लवले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । क्वलले आफ्नो क्षेत्रमा रहेका ८० वर्षदेखि माथिका ९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा ९६ वर्षीय चन्द्रकला सुवेदीसहित ४ महिला र ५ पुरुषगरी ९ जना सम्मानित भएका हुन् । जेष्ठ नागरिकहरुलाई पौष्टिक खानेकुरासहित ओडाई ओडाएर सम्मान गरिएको हो ।
    आज र भोलि गरी दुई दिन सञ्चालन हुने प्रतियोगिताको समुद्घाटन गर्दै ज्येष्ठ नागरिक सम्मान तथा प्रतियोगिताको उद्घाटन गर्दै दिलीपप्रताप खाँणले एकले अर्कालाई सम्मान गरेमात्रै आँफूले पनि सम्मान पाईने कुरा विर्सन नहुने बताउनुभयो । वालिङ नगरपालिकाका निवर्तमान प्रमुखसमेत रहनुभएका खाँणले सम्मान चाहनेले अरुलाई पनि सम्मान गर्न सक्नुपर्ने विचार ब्यक्त गर्नुभयो । समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्दै आएको क्लबले यसप्रकारका अभियानहरुलाई निरन्तरता दिन खाँणको सुभाmव छ ।

    FB_IMG_1730300569010.jpg
    कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष दामोदर तिवारीले विविध क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा खुसी ब्यक्त गर्दै वडाबाट निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
    प्रतियोगितामा जिल्लाका  आयोजकसहित २५ टीमको सहभागिता रहेको खेल संयोजक तोलाकान्त बगालेले जानकारी गराउनुभयो । प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः रु.२० हजार ५ सय ५५ र १० हजार ५ सय ५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    images

    FB_IMG_1730300658268.jpg

     

    बुधवार, कार्तिक १४ २०८१०६:०९:४७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend