Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा पैयूँमा माटो परीक्षण शिविर

कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा पैयूँमा माटो परीक्षण शिविर

  • PNN Times
  • मंगलवार, फाल्गुण २७ २०८१


  • कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा पैयूँमा माटो परीक्षण शिविर

    फागुन २७, पर्वत – पर्वतको पैयूँ गाउँपालिकामा कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा एक दिने माटो परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। पैयूँ गाउँपालिकाको समन्वयनमा भएको शिविरमा ८० वटा माटोका नमुना परीक्षण गरिएको थियो। परीक्षणको नतिजा अनुसार, करिब ६०% माटो अम्लीय रहेको देखिएको छ।

    शिविरले “माटो परीक्षणको महत्वलाई बुझाउन र  यसका आधारमा कृषकहरूलाई सही मार्गदर्शन दिन उद्देश्य राखेको साथै माटोको गुणस्तर सुधार गरेर कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्न ज्ञान केन्द्र  प्रतिबद्ध रहेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले बताउनु भयो ।   निःशुल्क माटो परीक्षण सेवा र चुन वितरण जस्ता कार्यक्रमहरूले स्थानीय कृषकहरूको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने सुवेदीको भनाई छ । 
    उहाँले भन्नु भयो, “हामी कृषकहरूलाई सरल र प्रभावकारी तरिकामा माटो सुधार गर्ने उपायहरू प्रदान गर्न प्रयासरत छौं, जसले दीगो र समृद्ध कृषि विकासमा मद्दत पुर्याउनेछ।”

    हरेक वर्ष कृषकहरूलाई गाउँपालिकाले माटोको गुणस्तरको जानकारी दिइरहेको र यसले कृषकको उत्पादनमा सुधार ल्याउन मद्दत ल्याएको पैयूँ गाउँपालिकाका कृषि शाखा प्रमुख विश्वास अधिकारीले बताउनुभयो । 

    images

    IMG_9088.jpeg

    माटो परीक्षणको परिणाम अनुसार, अम्लीय माटो सुधारका लागि पैयूँ गाउँपालिकाले सिफारिस गरिएका मात्रामा निःशुल्क चुन वितरण गर्ने निर्णय गरेको छ। यसले कृषकहरूलाई माटोको गुणस्तर सुधार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

    पैयूँ गाउँपालिका कृषि शाखामा दैनिक निःशुल्क माटो परीक्षण सेवा उपलब्ध रहेको छ र यस सेवाले कृषकलाई माटोको स्वास्थ्य र उत्पादन वृद्धि गर्ने उपायहरूको बारेमा मार्गदर्शन दिनेछ।

    गाउँपालिकाले यस पहलमार्फत कृषकहरूको उत्पादन क्षमता सुधार्ने र कृषिमा थप सफलता प्राप्त गर्ने लक्ष्य राखेको छ।

    मंगलवार, फाल्गुण २७ २०८११०:२५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend