मंसिर ९, स्याङ्जा । कोभिड–१९ का कारण बन्द भएको दक्षिण एशियाकै पहिलो ‘द बाबु एडभेन्चर इन्टरनेटशनल प्याराग्लाइडिङ स्कुल’ सात महिनापछि संचालनमा आएको छ । स्कुल सुरु भएसँगै प्याराग्लाइडिङ बारे अध्ययनका लागि विभिन्न जिल्लाबाट प्रशिक्षार्थी स्याङ्जा आएका छन् । प्याराग्लाइडिङ सिक्नकै लागि पूर्व मिस नेपाल (२०१४) सुविन लिम्बु स्याङ्जा आउनु भएको छ । उहाँसंगै अन्य २२ जना प्रशिक्षार्थीले प्याराग्लाइडिङ बारे अध्ययन गरिरहेका छन ।
उनिहरुलाई द बाबु एडभेन् चर इन्टरनेटशनल प्याराग्लाइडिङ स्कुलका सञ्चालक एंव २०१२ मा नेशनल जियोग्राफी साहसिक हिरो अफ द इयरबाट सम्मानित सानु बाबु सुनुवारले पशिक्षण गरिरहनु भएको छ।
फोटो फिचर :







