Logo

आइतवार, कार्तिक २ गते २०८३

images

निर्मल जनसेवा माविको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

निर्मल जनसेवा माविको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

  • PNN Times
  • आइतवार, पौष २७ २०८२


  • निर्मल जनसेवा माविको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

    पैयूँ, पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नं. २ मा रहेको निर्मल जनसेवा माध्यमिक विद्यालयले आफ्नो ६७औँ वार्षिकोत्सव तथा ३६औँ अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरेको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमेन्द्र बहादुर रानाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको थियो।

    images

    शिक्षाको गुणस्तरमा जोडः प्रमुख अतिथि राना

    कार्यक्रममा प्रमुख अतिथि एवं पैयूँ गाउँपालिकाकी उपाध्यक्ष यामककुमारी रानाले सम्बोधन गर्दै विद्यालयको प्रगतिको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो- “निर्मल जनसेवा माविले यस क्षेत्रको शैक्षिक विकासमा पुर्याएको योगदान अतुलनीय छ । स्थानीय सरकार विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारका लागि सधैं प्रतिबद्ध छ ।

    विद्यार्थीहरूले केवल किताबी ज्ञानमा मात्र सीमित नभई व्यावहारिक र प्रविधिमैत्री शिक्षामा पनि ध्यान दिनुपर्छ । “उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिँदै गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको समेत स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा प्रधानाध्यापक हिमलाल बसेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी शैक्षिक योजनाबारे जानकारी दिनुभएको थियो । समारोहमा जनप्रतिनिधि, स्थानीय शिक्षाप्रेमी, चन्दादाता, अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    आइतवार, पौष २७ २०८२०९:२९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend