Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ गाउँपालिका कार्यालयदेखि मुख्यबजार हुदै पैयूँ अस्पताल जाने मुख्य सडक कालोपत्रे हुने, अध्यक्ष ठकुरीद्वारा शिलान्यास

पैयूँ गाउँपालिका कार्यालयदेखि मुख्यबजार हुदै पैयूँ अस्पताल जाने मुख्य सडक कालोपत्रे हुने, अध्यक्ष ठकुरीद्वारा शिलान्यास

  • PNN Times
  • आइतवार, जेठ १० २०८३


  • पैयूँ गाउँपालिका कार्यालयदेखि मुख्यबजार हुदै पैयूँ अस्पताल जाने मुख्य सडक कालोपत्रे हुने, अध्यक्ष ठकुरीद्वारा शिलान्यास

    पैयूँ पर्वत । पैयूँ गाउँपालिकाको कार्यालयदेखि पैयूँ अस्पताल जाने मुख्य सडक खण्डको स्तरउन्नति तथा कालोपत्रे कार्यको औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले एक विशेष धार्मिक विधिअनुसार उक्त सडक खण्डको शिलान्यास गर्नुभएको हो।

    गाउँपालिकाको गौरवको आयोजनाका रूपमा रहेको यस सडकको स्तरउन्नतिसँगै वर्षौंदेखि बर्खायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्दै आएका स्थानीय बासिन्दाहरूले ठूलो राहत पाउने भएका छन्। यो सडक खण्ड पैयूँ गाउँपालिकाकै लाइफलाइन भएकाले यसको निर्माण कार्यलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको हो।

    images

    शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले सडक निर्माण कार्य तोकिएको समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्न गाउँपालिकाले कडा निगरानी राख्ने र विकासका कार्यमा कुनै पनि बहानामा सम्झौता नगरिने दृढता व्यक्त गर्नुभयो।

    यो सडक निर्माण सम्पन्न भएसँगै गाउँपालिकाको प्रशासनिक केन्द्र र मुख्य स्वास्थ्य केन्द्रबीच सिधा र सुरक्षित सम्पर्क स्थापित हुनेछ। यसले स्थानीय यातायातको लागत घटाउनुका साथै नागरिकको दैनिक आवतजावतलाई सुरक्षित र भरपर्दो बनाउनेछ।

    आधुनिक इन्जिनियरिङ मापदण्ड अनुसार दायाँ-बायाँ व्यवस्थित नाली र आवश्यक पर्खालसहित निर्माण गर्न लागिएको यस सडकले समग्र क्षेत्रको आर्थिक र सामाजिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। शिलान्यास कार्यक्रममा गाउँपालिकाका  जनप्रतिनिधिहरू, प्राविधिक कर्मचारी, निर्माण व्यवसायी तथा स्थानीय उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने स्थानीयबासीहरूले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न पूर्ण रूपमा सहयोग र निगरानी गर्ने प्रतिबद्धता जनाएका छन्।

    आइतवार, जेठ १० २०८३०९:५२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend