Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकियो

वालिङ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकियो

  • PNN Times
  • मंगलवार, माघ १३ २०७७


  • वालिङ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकियो

    तोलाकान्त बगाले 

    १३ माघ, वालिङ ।   महिला राष्ट्रिय फुटबल लिगमा मंगलबार वालिङ नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल एक-एक गोलको बराबरीमा सकिएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ७ गतेबाट काठमाडौंमा शुरु भएको प्रतियोगितामा वालिङले दोस्रो हाफको ८ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो । वालिङको अग्रतालाई १२ औं मिनेटमा पुलिसले गोल गरेर बराबरी भएको हो ।

    उक्त प्रतियोगितामा वालिङकी अमिशा कार्की उत्कृष्ट खेलाडीकोरुपमा घोषित हुनुभएको थियो । उत्कृष्ट खेलाडीलाई वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । वालिङ नगरपालिकाले माघ १५ गते बिहीबार उदयपुरको चौदण्डगढी नगरपालिकासित प्रतिस्पर्धा गर्ने छ ।

    एक महिनासम्म जारी रहने प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

    प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमशः १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ । त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ । 

    यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन् । हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन् । 
     

    मंगलवार, माघ १३ २०७७०६:३२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend