चैत्र ७, स्याङ्जा । नेपाल तारा क्लब तल्लो गल्याङले अन्तर क्लब पूरुष भलिबल प्रतियोगिताको उपाधी जित्न सफल भएको छ । न्यू क्रियटिभ क्लब वालिङ १३ को चौथो वार्षिक उत्सव तथा स्वर्गीय सन्दीप सिंजालीको सम्झनामा आयोजित अन्तर क्लब पूरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल तारा क्लब तल्लो गल्याङले जितेको हो ।
फाईनल खेलमा आयोजक टिम न्यू क्रियटिभ क्लबलाई पराजित गर्दै नेपाल ताराले उपाधि हात पारेको हो । साथै आयोजक न्यू क्रियटिभ क्लब वालिङले द्वितीय स्थान हासिल गरेको छ भने फुलबारी क्लव वालिङ तृतिय भएको छ ।
प्रतियोगिताको समापन कार्यक्रका प्रमुख अतिथि एंव प्रतिनिधि सभा सदस्य मोहन पाण्डेले खेलका माध्यमबाट युवाहरु एकताबद्ध हुने बताउनु भयो । उहाँले खेलाडी युवाहरुको जोस र जाँगर खेलमा जस्तै समाज परिर्वतनको लागि पनि उपयोग हुनेपर्नेमा जोड दिनु भयो ।
सांसद पाण्डेले बिजेता टिमलाई बधाई दिदै आयोजक क्लबलाई शुभकामना ब्यक्त गर्नु भयो । फागुन २७ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहहरुले क्रमश ४० हजार, २५ हजार, १५ हजार नगर पुरस्कार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छन ।