Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

  • PNN Times
  • शनिवार, बैशाख ११ २०७८


  • कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

    वैशाख ११, काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।

    कुशल  भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

    images

    नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी-२० अन्तराष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो ।

    साथै नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो उपाधि जितेको हो । यसअघि सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन फाइभको उपाधि नेपालले जितेको थियो ।

    शनिवार, बैशाख ११ २०७८०६:४०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend