Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वत पैयुँका दिप्सन परियार राष्ट्रिय फुटबल टिममा छनोट

पर्वत पैयुँका दिप्सन परियार राष्ट्रिय फुटबल टिममा छनोट

  • PNN Times
  • आइतवार, जेठ २३ २०७८


  • पर्वत पैयुँका दिप्सन परियार राष्ट्रिय फुटबल टिममा छनोट

    जेठ २२, पर्वत । पर्वत पैयुँका दिप्सन परियार राष्ट्रिय फुटबल टिममा छनोट हुनुभएको छ । पैयुँ गाउँपालिका वडा नम्बर ७ भोर्ले घरभएका १३ वर्षका परियार राष्ट्रिय फुटबल टिम अन्डर १३ को गोल रक्षकमा छनोट हुनुभएको हो ।

    9E1A5C8F-E1A7-4F1C-8B6E-98D60CF353E9.jpeg

    images

    उहाँलाई अखिल नेपाल फुटबल संघएन्फाले अन्डर १३ मा टिममा छनोट गरेको हो । 

    पैयुँ ४ मा रहेको मर्दिखोला युनाईटेड क्लबका सदस्य परियार सानै देखि फुटबलमा रुचिराख्ने गरेको प्रशिक्षक अर्जुन बस्याल बताउनु हुन्छ ।

    उनलाई  फुटबल सिकाउन निकै मेहनत गरेको गरेको बन्दै  बस्यालले उनको सफलता सिंगो पैयुँको सफलता भएको बताउनु भयो ।

    28EF4E70-6827-423C-B1B0-07ECB71B3D6B.jpeg

    पैयुँमा एउटा खेल मैदान पनि नहुदा खेलाडी उत्पादन गर्न र खेल सिकाउन गाह्रो हुने गरेको  बस्यालको भनाई छ ।

    आफुले  पटक पटकगाउँपालिका वडा र सम्बन्धित निकायलाई खेल मैदान बनाउन खबर गर्दा समेत कुनै सुनाई नभएको बस्यालको गुनासो छ।

    आइतवार, जेठ २३ २०७८०१:५२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend