पौस ७, स्याङ्जा । स्याङ्जाको वालिङमा पूरुष भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । पिस पोईन्ट युवा क्लब वालिङ १३ को आयोजनमा प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सुरु भएको हो ।
प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगर उपप्रमुख कल्पना तिवारीले खेलले सामुहिक एकताको सन्देश दिने हुदा युवाहरुको वृत्ति विकास र स्वास्थयका लागि पनि खेल खेल्नु आवश्यकता रहेको बताउनु भयो ।
तिवारीले युवावर्ग देश विकासको मेरुदण्ड भएको बताउदै युवाहरुले गर्ने हरेक कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । साथै उहाँले फरक प्रशंगमा वालिङ पिपलटारी देखि झलुङ्गे बजार सम्म जोड्ने सडक स्तरोन्नती चाडै गर्न नगरपालिका लागि परेको जानकारी दिनु भयो ।

पौष ७ गतेदेखि सुरु भएको कार्यक्रम पौष १२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।